गायक सुनिल सिंह ठकुरिको नयाँ गीत "धेरै टाढा। '' सार्वजनिक भएको छ । घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा , विशेष गरि
सम्बन्धमा आई पर्ने बाधा र पिंडा देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार
जीत चन्दको रहेको छ । गीतकार चन्द हाल अस्ट्रेलियामा बस्दै आएका छन , उनि पेसाले इन्जिनिएर हुन । बिदेसमा हुदां विभिन्न कारणबस तुरुन्त्त घर आउन
समस्या पर्ने भएकोले सम्बन्धमा पर्ने आउने असर गीतमा महसुस गराउन खोजिएको छ
। कमल खत्रीको संगीत रहेको यस गीतमा स्वर सुनिल सिंह ठकुरिको रहेको छ ।
डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक फ्लेबरमा रहेको छ ।
यस अघि सुनिलको जानी नजानी ...."बोलको गीत पनि नेपाली साङितिक आकसमा निकै
चर्चामा आएको थियो ।
बुगि वुगि बिजेता कबिता नेपाली लाई फिचर
गरिएको गीतमा कबिता र निराजन प्रधान लाई फिचर गरिएको छ । नाच्न माहिर कबिता
लाई लभर गर्ल फिचर गरिएको यस गीतले युटुबमा सार्वजनिक भको १२ घन्टामा
५६,००० भियोर्स र सकारात्मक प्रतिकृया पाएको छ ।
सफल भिडियो निर्देसक अर्जुन
अधिकारिले निर्देशन गरेको यश भिडियो लाई उत्सब दाहालले खिचेका हुन । भिडियो लाई बिकास दाहालले सम्पादन गरेका छन।
Super song.
ReplyDelete