यो मन त मेरो नेपाली हो

विक्की कौशलले क्याट्रिनालाई प्रपोज गर्दा सलमानको रिएक्शन कस्तो थियो ?


एजेन्सी । पछिल्लो समय कलाकार विक्की कौशलको आगामी फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ चर्चामा आउन थालेको छ । यो फिल्ममा अभिनेत्री यमी गौतमको पनि मुख्य भुमिका रहेको छ । अहिलेको समयमा विक्की कौशलको पपुलारिटी बढीरहेको छ । बलिउडका कयौं अभिनेत्रीहरुले उनीसँग काम गर्न चाहन्छन् ।

फिल्मकर्मी करण जोहरको च्याट शो ‘कफी विद करण’मा अभिनेत्री क्याट्रि कैफले विक्कीको साथमा काम गर्न चाहेको कुरा बताएकी छन् । भर्खरै सम्पन्न भएको स्क्रीन अवार्ड फङ्कशनमा क्याट्रिना र विक्की सँग सँगै आएकी थिए । साथै क्याट्रिनाको साथमा विक्की हाँसी मजाक गरिरहेका थिए ।

विक्कीले हाँस्दै क्याट्रिनालाई विहे गर्ने भन्दै मजाक गरे । सो समयमा ‘मुझे सादी करोगी’ गीत बजिरहेको थियो । यो सुनेर सबै हाँस्न थाल्छन् । यसरी हाँसी मजाक चलिरहेको समयमा अभिनेता सलमान खान पनि त्यही थिए ।

सलमान आफ्नो बहिनी अर्पिता खानसँग बसिरहेका थिए । विक्की कौशलले विहे गर्छौ भनिरहँदा क्याट्रिनाले भनिन्, ‘हिम्मत छैन ।’ विक्कीलाई क्याट्रिनाले यसो भन्दै गर्दा सलमान खान पनि मज्जाले हाँस्छन् । अवार्ड फङ्कशनको यस भिडियो भाइरल बनिरहेको छ ।
कामको कुरा गर्नुपर्दा विक्कीले २०१५ मा फिल्म ‘मशान’बाट बलिउडमा डेब्यु ग्रेका थिए । उनको आगामी फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ हो । यो फिल्म जनवरी ११ तारिखका दिनबाट दर्शकमाझ रिलिजमा आउँदै छ । अर्को तर्फ अभिनेत्री क्याट्रिना कैफ भने सलमान खानको आगामी फिल्म ‘भारत’मा ब्यस्त छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add