गायक सुनिल सिंह ठकुरिको नयाँ गीत "धेरै टाढा।  ''   सार्वजनिक भएको छ । घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको  पीडा , विशेष गरि
 सम्बन्धमा आई पर्ने बाधा र पिंडा  देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार 
जीत चन्दको रहेको छ । गीतकार चन्द हाल अस्ट्रेलियामा बस्दै आएका छन , उनि पेसाले इन्जिनिएर हुन । बिदेसमा हुदां विभिन्न कारणबस तुरुन्त्त घर आउन 
समस्या पर्ने भएकोले सम्बन्धमा पर्ने  आउने असर गीतमा महसुस गराउन खोजिएको छ
 । कमल खत्रीको संगीत रहेको यस गीतमा स्वर सुनिल सिंह ठकुरिको रहेको छ । 
डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक फ्लेबरमा रहेको छ ।
 यस अघि सुनिलको जानी नजानी ...."बोलको गीत पनि नेपाली साङितिक आकसमा निकै 
चर्चामा आएको थियो ।
 बुगि वुगि बिजेता कबिता नेपाली लाई फिचर 
गरिएको गीतमा कबिता र निराजन प्रधान लाई फिचर गरिएको छ । नाच्न माहिर कबिता
 लाई लभर गर्ल फिचर गरिएको यस गीतले युटुबमा सार्वजनिक भको १२ घन्टामा 
५६,००० भियोर्स र सकारात्मक प्रतिकृया पाएको छ ।
 सफल भिडियो निर्देसक अर्जुन
 अधिकारिले निर्देशन गरेको यश भिडियो लाई उत्सब दाहालले खिचेका हुन ।  भिडियो लाई  बिकास दाहालले सम्पादन गरेका छन। 








Super song.
ReplyDelete