यो मन त मेरो नेपाली हो


रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक

काठमाडौं। अमेरिकाको ओहायोमा बस्दै आएका गीतकार रुपेश शर्माको नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक गरिएको छ। आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा प्रेमकथालाई प्रस्तुत गरिएको छ।   

गीतमा सिडी विजय अधिकारी र मनीषा राईको स्वर छ। संगीत सिडी विजय अधिकारीको हो भने म्युजिक प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ पुष्कर खत्रीले गरेका छन्। भिडियोमा रुपेश शर्मा, रुकमिना तिम्सिना र सुरवीर पण्डितले अभिनय गरेका छन्। प्रेममा रहेका दुई पात्रले मायाको चिनोका रूपमा औँठी र रुमाल साटासाट गर्ने कथालाई भिडियोले चित्रण गरेको छ। 

भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकले गरेका हुन्। छायांकन रामकुमार केसी, सम्पादन तथा कलर ग्रेडिङ कल्पेश विश्वकर्माको रहेको छ। 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add