यो मन त मेरो नेपाली हो


भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ

काठमाडौँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ को डबिङ कार्य तीव्र गतिमा भइरहेको छ। यसैक्रममा चलचित्रकी प्रमुख कलाकार दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। 


डबिङपछि प्रतिक्रिया दिँदै दीपाश्रीले चलचित्रको कथा आफूले अपेक्षा गरेभन्दा अझ प्रभावशाली बनेको बताइन्। फरक शैलीमा प्रस्तुत गरिएको कथावस्तु र मन छुने पटकथाले आफूलाई निकै प्रभावित पारेको उनको भनाइ छ। चलचित्रकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी पनि डबिङ प्रक्रियासँगै निकै उत्साहित देखिएकी छन्। आफूले परिकल्पना गरेको भन्दा अझ उत्कृष्ट रूपमा चलचित्र तयार भइरहेको उल्लेख गर्दै उनले दीपाश्रीसहित सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेकी छन्।

‘नीता फिल्मस्’ को ब्यानरमा निर्माण भएको ‘पार्वती’ मा निर्देशक नीता ढुङ्गाना अधिकारीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको मुख्य अभिनय रहेको छ। हरिहर अधिकारीद्वारा निर्मित यस चलचित्रको पटकथा शिवम् अधिकारीले लेखेका हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add