गायिका विमला परियार गीतसंगीत क्षेत्रमा एकदशक भन्दा लामो समयदेखि क्रियाशील रहँदै आएकी छन् । संगीतमा नै साधना गरिरहेकी गायिका परियारको स्वरमा यो मन दुखेको लोकगीत पनि सार्वजनिक छ । परियारका एक दर्जनभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् !
‘फाटेको मन’ गीतलाई उनले आफ्ना श्रीमान विक्रम परियारप्रति समर्पित गरेकी छन् । स्थानीय चुनावको सिलसिलामा गृहजिल्ला तनहुँमा जाँदा बैशाख ३१ गतेकै दिन स्व.विक्रम परियारलाई ढुंगाले हानेर हत्या गरिएका थियो । श्रीमान गुमाउनु परेको पीडालाई गीतमा समर्पित गर्दै उनले बैशाख ३१ गतेका दिन गीत सार्वजनिक गरेकी हुन् ।








0 comments:
Post a Comment