काठमाडौं
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्पन्न स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले नेकपा विप्लवसँग एकता गर्ने र छिट्टै वार्ता समिति बनाएर अगाडी बढ्ने निर्णय गरेको बताउनुभयो ।
बैठकले हाल तराई क्षेत्रमा देखिएको सिँचाई सङ्कटप्रति गम्भीर ध्यानाकर्षण गराउँदै समस्यामा परेका कृषकहरूलाई तत्काल राहत प्रदान गर्न सरकारसँग माग गरेको छ ।यस्तै, शिक्षक महासङ्घसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्दै विधेयक तत्काल पारित गर्न र सहकारी पीडितहरूको बचत रकम फिर्ता गरी दोषीलाई कडा कारबाहीको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ ।
यस्तै, राहत पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न र अनौपचारिक क्षेत्रका श्रमिकहरू न्यूनतम ज्यालामा वृद्धि गर्न सरकारसँग आग्रह गरिएको छ ।बैठकद्वारा पारित प्रस्तावमा मन्त्रीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहँदा समेत छानबिनको प्रयत्न नगरिनुले सुशासनप्रति राज्यको जबाफदेहिता शून्य भएको भन्दै आरोपित मन्त्रीहरूमाथि छानबिनको माग समेत गरिएको छ ।
यस्तै बैठकले सार्वजनिक पदाधिकारी तथा उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने उच्चस्तरीय आयोग गठन गर्न र सृजनशील तथा नवप्रवर्तनका परियोजनाहरूमा लगानी गर्न लगायत माग गरेको छ ।








0 comments:
Post a Comment