यो मन त मेरो नेपाली हो


बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस

 मकवानपुर – बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गइनुभएको छ ।

उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)को समर्थनसहित संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष दाबी पेस गर्नुभएको हो । मुख्यमन्त्री बन्नका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। बागमती प्रदेशमा नेपाली काँग्रेसको ३७ र नेकपा एमालेको २७ सांसद रहेका छन् ।

दाबी पत्रमा काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाले संयुक्त हस्ताक्षर गरेका छन् । यसअघि मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुख कार्यालयले मङ्गलवार दिउँसो २ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add