यो मन त मेरो नेपाली हो


ताराहरूको नयाँ पोस्टर सार्वजनिक / चलचित्र भने भदौ ६ गतेदेखि प्रदर्शनमा

 काठमाडौँ। आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ताराहरूको नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन् ।यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएकोमा यो फाइनल पोस्टर हो ।

अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ ।निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः शहरको निम्न मध्यम वर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ ।

फिल्मको निर्देशन शर्मा स्वयंले गरेका हुन् । फिल्ममा अन्य कलाकारहरुका रुपमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add