यो मन त मेरो नेपाली हो


चलचित्र ‘३६को आँकडा’को फस्टलुक पोस्टर सार्वजनिक / निर्देशनको जिम्मा सबिर श्रेष्ठलाई

काठमाडौँ। अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको चलचित्र ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ।

फ्लोरमा जानु अघिनै सार्वजनिक गरिएको यो फस्ट लुक पोस्टरले दर्शकको उत्सुकता बढाउने अपेक्षा छ । नेपाली चलचित्रमा फरकफरक छिमलमा ‘लिडिङ लेडी’ को पहिचान बनाउँदै आफूलाई स्थापित गरेका यी दुई अभिनेत्रीको पर्दाको टक्कर दर्शकका लागि रोचक हुने देखिन्छ।

सबिर श्रेष्ठको  निर्देशनमा बन्ने यो चलचित्र आगामी सोमबारबाट फ्लोरमा जानेछ। निर्माण पक्षले आज सार्वजनिक पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी दिएको छैन। चलचित्रमा रेखासँग पछिल्लो समय अभिनयका लागि चर्चित महेश त्रिपाठीको जोडी बाँधिनेछ भने पूजासँग पुष्प खड्काको जोडी देखिनेछ।








गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add