यो मन त मेरो नेपाली हो


‘अभिमन्यु : च्याप्टर–१’को पहिलो गीत ‘लड्की गोरी’ सार्वजनिक

काठमाडौँ । चलचित्र अभिमन्यु : च्याप्टर–१ को पहिलो गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी लवजमा भए पनि नेपाली भाषामा तयार भएको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी रहेको छ। स्वरमा प्रशान्तलाई प्रेरणा सिंहले साथ दिएकी छन् । संगीत संयोजन विषम आचार्यले गरेका हुन् ।

गीतमा जुना सुन्दासको आइटम डान्स रहेको छ भने कोरियोग्राफी रोहन विश्वकर्माले गरेका छन् । नृत्य र कोरियोग्राफी भोजपुरी शैलीमा प्रस्तुत गरिएको छ, जसमा युवायुवतीबीचको आकर्षणलाई गीत र भिडियोमा देखाइएको छ ।तराई क्षेत्रको पात्र र कथालाई केन्द्रमा राखेर निर्माण भएको चलचित्रका लागि सो क्षेत्रमा लोकप्रिय भोजपुरी शैलीको डान्सिङ नम्बर तयार पारिएको निर्माण पक्षले जनाएको छ ।


अभिमन्यु : च्याप्टर–१ भदौ २७ गते नेपालीमा रिलिज हुनेछ भने हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वर्ल्डवाइड प्रदर्शन हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । चलचित्र पैसाको प्रलोभनमा फस्ने र त्यसबाट उम्किन संघर्ष गर्ने पात्रको कथा बोल्छ ।चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।

सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यो फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन्, जुन उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखनमा बनेको चलचित्रमा मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।


चलचित्रमा शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, सुप्रिम पराजुलीको रंग सम्योजन, मदन घिमिरेको सम्पादन र जीवन शाक्यको लाइन–प्रोडक्सन रहेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add