यो मन त मेरो नेपाली हो


‘बलिदान’ को टिजर सार्वजनिक, क्रोध र देशभक्तिको ज्वाला

काठमाडौं। चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। सन्तोष सेनको निर्देशनमा तयार भएको यस टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको तृष्णा जगाएको छ।

यस वर्षको बडादसैँको फूलपातीको दिन रिलिज हुने यो चलचित्रको टिजरको सुरुवातमै देशको एक अंश शत्रुको निशानामा परेको उद्घोष सुनिन्छ। पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ प्रस्तुत हुन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको दमदार स्वर गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यस बलिदानको अर्थपूर्ण यात्राको कथा सुनाउँछन्। दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको अवतारमा छन्।

अभिनेत्री ऋचा शर्माको संवाद टिजरको भावनात्मक केन्द्र बनेको छ “जब निर्दोषका घाँटी रेटिन्छन्, र ती राक्षसहरू तिमीलाई हेरेर हाँस्छन्, तिमी किन मौन बस्छौ? के यो धर्तीमा अब त्यस्तो युगपुरुष जन्मिँदैन, जसले ती राक्षसहरूको घाँटी रेटोस्?” कालीमाताको विशाल मूर्तिको अगाडि बोलेको यस संवादसँगै जंगलमा बसोबास गर्ने आदिवासीहरूको दृश्य देखिन्छ, जहाँ निर्देशक सेन स्वयं आदिवासी पात्रको रूपमा उपस्थित छन्।


अभिनेता समीर भट्टको प्रवेशसँगै टिजर थप तिव्र बन्छ। उनलाई ‘एक्सन किङ’ का रूपमा प्रस्तुत गरिएको छ, जसमा उनका शक्तिशाली एक्सन दृश्यले दर्शकलाई रोमाञ्चित बनाउँछन्। उनका संवाद “यो आमा न लाचार छ, न यो आमाको कोख खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” सहितको मुक्केबाजी दृश्य टिजरको मुख्य आकर्षण बनेको छ। अन्त्यतिर उनको ठुलो भालासँगको एक्सन दृश्य र शीर्षक खुलासाले टिजरलाई चरम उत्कर्षमा पुर्‍याउँछ।



टिजर सार्वजनिक गर्दै निर्देशक सेनले भने, “‘बलिदान’ केवल चलचित्र होइन, हरेक नेपालीको मनको विद्रोह हो। तीन वर्षको रगत-पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ न्यायको विस्फोट हो।”


‘आसुसेन फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add