यो मन त मेरो नेपाली हो


अमेरीकामा "मिट एण्ड ग्रिट" विथ सुपर स्टार एक्टर प्रदीप खड्‌का सम्पन्न

अमेरिका  ।  ४ भाई इन्टरटेन्मेटको प्रस्तुतीमा मेरील्याण्डको गेथेस्बर्गमा नेपाली चलचित्रका सुपर स्टार नायक प्रदीप खड्‌का सङ्ग "मिट एण्ड ग्रीट विथ प्रदीप खड्का " कार्यक्रम सम्पन्न भएको छ । करीब ७०-८० जनाको खड्‌का सँग उनको फिल्मी क्यारीएर, व्यक्तिगत जिवनीको बारेमा बुझ्ने मौका उपस्थितले पाए ।  उक्त कार्यक्रमा दर्शकहरुले नायक प्रदीप र उनको चलचित्र क्षेत्रमा  योगदानको बारेमा प्रश्नोत्तर समेतको भिड थामीनसक्नु थियो त्यस्तै उनीसँग फोटो खिच्ने एवं टिक टक बनाउनेको पनि उस्तै भिड थियो ।  

" यो माया र साथ अनि नेपाली कलाप्रेमी सन्सारभर फैलीएको र आफुले पाएको सम्मान र साथले झन आफुलाई भावुक बनाएको छ " अभिनेता प्रदीप खड्काले भने ।  "कलाकार प्रतिको यो सम्मानले आफूमा झन् जोश एवं जिम्मेवारी थपिएको अनुभुती भएको छ " उनले थपे ।  उपस्थित नेपाली कलाप्रेमीहरुले पनि परदेशमा आफ्नो कला र कलाधर्मी सङ्ग भेट्न पाउँदा खुशी लागेको भन्दै आयोजक ४ भाई इन्टरटेन्मेटलाई धन्यवाद पनि दिए ।

मेरील्याण्डको गेथेस्बर्गमा यो कार्यक्रम हामिले पहिलो पटक आयोजना गरेका हौ र  यसबाट हामिले कार्यक्रम सफल पनि बनाएउ नेपाली कलाकार र कलालाई सन्सारभर चिनाउने पहिको कदममा हामिले सफलाता हात पारेउ , हामी खुशी छौं "कार्यक्रम आयोजक  ४ भाई इन्टरटेनमेन्टका प्रमुख दिवश बन ले भन्नुभयो । 

नेपाली चलचित्रका चर्चित प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाको संयोजनमा भएको उक्त कार्यक्रममा रियल्टर सन्तोष कोइराला लगाएकाले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सफलताले हौसिएका ४ भाई ईन्टरटेन्टमेन्टका प्रमुख मध्यका एक उत्सव रिमालले अब चाडै नै डि.एम. भी. एटीमा लक्षीत वृहत रूपमा सांगितिक कार्यक्रम‌को तयारी मा रहेको पनि जानकारी दिनुभयो।






गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add