यो मन त मेरो नेपाली हो


‘पोखरेली मसिनो’ शुभमुहूर्त सम्पन्न, टिका पहाडी देखि परिक्षा सम्म

काठमाडौँ। छायाँकार शैलेन्द्रध्वज कार्कीले अब निर्देशनमा हात हाल्ने भएका छन्। थुप्रै चलचित्रलाई विशेष छायांकन कला मार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक चलचित्र निर्माण गर्न लागेका हुन्।

सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित फिल्मको शुभमुहूर्त सम्पन्न गरिएको छ। बाबु छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने चलचित्र कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीको संयुक्त निर्देशनमा बन्नेछ। निर्माण कार्य भने कार्कीले आफैं गर्ने भएका छन्।चलचित्रमा शान्ति गिरीको लेखन तथा शैलेन्द्र शान्तिको पटकथा रहनेछ।

शुभमुहूर्त कार्यक्रममा निर्माता÷निर्देशक दिपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बा लगायतको सहभागिता थियो। सुटिङका लागि मंगलबार पोखरा पुगेर बुधबारदेखि नै छायाँकन थालिने चलचित्र छायाँकनका लागि ३० दिनको कार्यतालिका तय गरिएको छ।चलचित्रमा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गर्नेछन्।


आगामी वर्षको बडा दशैंलाई लक्षित गरी रिलिज गरिने यस चलचित्रमा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डिओपी र निमेष श्रेष्ठको सम्पादन रहनेछ

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add