यो मन त मेरो नेपाली हो


बक्स अफिस प्रणालीको अनुगमन : ६० हलमध्ये २ मा म्यानुअल टिकट बिक्री

काठमाडौँ। चलचित्र विकास बोर्डले साउन २९ गतेदेखि भदौ ४ गतेसम्म काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न जिल्लामा बक्स अफिस प्रणालीको अनुगमन गरेको छ। बोर्ड सदस्य गणेश सुबेदीसहित २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पा लगायत जिल्लामा गरी ६० वटा चलचित्रघर निरीक्षण गरेको बोर्डले जानकारी दिएको छ।

अनुगमनका क्रममा अधिकांश हलले बक्स अफिस प्रणालीअनुसार टिकट बिक्री गरिरहेको पाइए पनि दुईवटा सिंगल थिएटरमा भने ‘सिस्टम बिग्रिएको’ भन्दै म्यानुअल टिकट बिक्री भइरहेको पाइएको छ। बोर्डलाई जानकारी नदिई गरिएको यस्तो बिक्रीका कारण ती हललाई नियमअनुसार कारबाही गरिने जनाएको छ।यसअघि २०८१ मंसिरमा १४ जिल्लामा गरिएको अनुगमनका क्रममा अवैधानिक रूपमा सञ्चालन भइरहेका ९ हल कारबाहीमा परेका थिए भने ३ हलमा जिल्ला प्रशासनको समन्वयमा ताल्चा लगाइएको थियो।


बोर्डका अनुसार नियमित अनुगमनले चलचित्रघरलाई नियमनमा राख्ने, शुल्क समयमै बुझाउने र बक्स अफिस प्रणालीलाई प्रभावकारी बनाउने देखिएको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add