यो मन त मेरो नेपाली हो


श्रीकृष्ण जन्माष्टमी पारेर ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा

काठमाडौँ । चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको हो ।

फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा बन्नेछ । टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत दिन्छ ।टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ । जीवन आचार्यको कथा रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ ।फिरोजले ‘दर्पण छाया–२’ मा अभिनय गरेका थिए । फिरोज गायक पनि हुन् । उनले अब चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् । ‘कहाँ गयौ तिमी’ मा को को कलाकार रहनेछन् त्यो भने निर्माण पक्षले खुलाएको छैन ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add