मकवानपुर, साउन २० । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ।बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो उहाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
दुई ठुला दल कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अनुसार कांग्रेस र एमालेका गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा बानियाँलाई मुख्यमन्त्री बनाउन सोमबार दिउँसो प्रदेश प्रमुख देवकोटासमक्ष दाबी पेश गरिएको थियो।
११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन्।
यसअघि कांग्रेसबाटै मुख्यमन्त्री बन्नुभएका बहादुर सिंह लामा तामाङको राजीनामापछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि सोमबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गर्नुभएको थियो।








0 comments:
Post a Comment