यो मन त मेरो नेपाली हो


चलचित्र कलाकार संघले गर्यो विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई बधाई तथा सम्मान

 काठमाडौँ। चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई एक औपचारिक समारोहमार्फत बधाई तथा सम्मान प्रदान गरेको छ।

संघले चलचित्र विकास बोर्डका सदस्य सन्तोष बाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर गिरी र भीमा मैनालीलाई सम्मानित गरेको हो।

समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संघका सल्लाहकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सबिन श्रेष्ठलगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष निरौलाले भने, “चलचित्र कलाकार संघले नियमित रूपमा बोर्ड तथा समितिका पदाधिकारीहरूलाई बधाई र सम्मान गर्ने परम्परा कायम राखेको छ। यस किसिमको सम्मानले उनीहरूलाई अझ प्रेरणा र ऊर्जा प्रदान गर्छ। चलचित्र विकास बोर्डमा अध्यक्ष दिनेश डीसीको नेतृत्वपछि उल्लेखनीय कामहरू भएका छन्, आगामी दिनमा अझ प्रभावकारी कार्यहरू होउन् भन्ने हाम्रो अपेक्षा छ।”





गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add