यो मन त मेरो नेपाली हो


स्तनपानलाई सम्मानजनक बनाउन चिकित्सकको आग्रह

नेपाल पेरियाट्रिक सोसाइटीका अध्यक्ष डा.अरुणकुमार न्यौपानेले स्तनपानलाई सम्मानजनक बनाउन आग्रह गर्नु भएको छ ।

३३ औँ विश्व स्तनपान सप्ताह २०८२ को अवसरमा भिडियो सन्देश जारी गर्दै डा.न्यौपानेले सबै मिलेर स्तनपानलाई सरल सहज र सम्मानजनक बनाउन आग्रह गर्नुभएको हो । उहाँले स्तनपानको जिम्मेवारी केबल आमाको मात्र नभई घर, परिवार, समाज, संस्था र सम्पूर्ण राष्ट्रको दाहित्व भएको धराणा राख्नुभयो ।

थकाइ, मानसिक तनाव, सामाजिक दबाबले गर्दा धेरै आमालाई स्तनपान गराउन कठिनाइ हुने उहाँको तर्क छ । घर, कार्यक्षेत्र सबै ठाउँमा स्तनपान गर्ने आमालाई समयमा खाना, आराम र सहयोग उपलब्ध गराउन उहाँको सुझाव छ । साथै, उहाँले मातृत्वमैत्री कार्यक्षेत्र बनाउन आग्रह गनुृभयो । आमाले सबैको समर्थन, साथ सहयोग पाएमात्र स्वस्थ स्तनपान गराउन सक्ने धारण राख्दै उहाँले सबै मिलेर स्तनपानलाई सरल, सहज र सम्मानजनक बनाउन अनुरोध गर्नुभयो । उहाँका अनुसार स्तनपान शिशुको समग्र जीवन विकासका लागि अनिवार्य छ । आमाको दूध शिशुको शारीरिक, मानसिक विकास र बच्चाको शरीरमा प्रतिरोधात्मक शक्ति विकास गर्न अति आवश्यक पर्छ ।

अगस्ट महिनाको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइन्छ । यो वर्ष स्तनपान सप्ताहको नारा “स्तनलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निमार्ण गरौँ” रहेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add