यो मन त मेरो नेपाली हो


माग्ने बुढाले गरे आर्थिक सहयोग / फिल्मको सफलताको कामना गरे पशुपति नाथ संग

 काठमाडौँ । लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढाले पशुपतिमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा पुगेर  २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् र भगवान श्री पशुपति नाथ संग फिल्मको सफलताको कामना गरे  ।

सोमबार पशुपतिमा आयोजित महायज्ञमा आगामी फिल्म माग्ने राजा प्रवर्धनका लागि पुगेका माग्ने बुढाले उक्त रकम सहयोग गरेका हुन् । 


महायज्ञमा माग्ने राजाको यूनिटका अन्य कलाकारहरु अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए । मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो ।


यसअघि गत शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि महायज्ञमा पुगेर  ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । महायज्ञमा यसअघि पल शाह, रमेश उप्रेती, सरोज खनाल लगायतका कलाकारहरु पनि पुगेका थिए ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add