यो मन त मेरो नेपाली हो


 

‘सिटामोल’को ट्रेलर सार्वजनिक, हास्य र व्यङ्ग्य संगै रोदन

 काठमाडौँ। जनैपूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले हल्काफुल्का हास्य, सामाजिक व्यङ्ग्य र गहिरो सन्देशलाई संयोजन गर्दै दर्शकको चासो तानेको छ।

ट्रेलरमा नेपाली समाजमा देखिने गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी लापरवाहीलाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरिएको छ। गाउँले परिवेशमा खिचिएको दृश्यहरूमा मुख्य पात्रहरू जीवनका सामान्य समस्यासँग संघर्ष गरिरहेका देखिन्छन्।

सौगात मल्ल र बेनिशा हमालको दमदार अभिनय, पात्रहरूको सटिक संवाद र तिखा कटाक्षले ट्रेलरलाई प्रभावशाली बनाएको छ। हास्यरसको माध्यमबाट सामाजिक चेतना जगाउने प्रयास ट्रेलरमा झल्किएको छ।


राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, सुशील पोखरेल, काजल भुजेललगायत कलाकारको अभिनय छ। श्रीकृष्ण र जानुकाको यो डेब्यु फिल्म हो।

तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा निर्देशक साने र प्रदीप भारद्धाजले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मका निर्माता भुगोल कार्की र विकास राज जोशी हुन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, र दिव्य सुवेदीको छायांकनले फिल्मको प्रवाहमा प्राविधिक पक्ष पनि सशक्त देखिन्छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add