"सयुक्त नेपालि ऐकता समाज" भिवडी मुम्बईको आयोजनामा " तिज बिशेष बृहत सास्कृतिक सम्मान " कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिंदै कार्यक्रम समपन्न गरिएको छ । सन्चालक कमल विश्वकर्माले संचालन गरेको उक्त कार्यक्रम भब्य भएको जानकारी दिए आयोजक मध्यका एक रतन विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अथिति दलित अधिकारका लागि एककृृत आन्दोलन नेपालका संयोजक आदर्णीय गम्भीर सिह भुल ज्युले पनि आयोजक टिम लाई "नेपाली कला संस्कृति भारतमा पनि फैलाउन मद्दत गर्नु भएकोमा आयोजक र सम्पूर्ण कलाकारहरुलाई धन्यबाद पनि दिनु भयो ।
उक्त कार्यक्रममा अभिनेता तथा मोडल प्रकास बि सि , मोडेल चन्दु ताम्राकार , मोडेल तथा डान्सर टिना शेपार्लि लागायाताकाले आफ्नो भब्य प्रस्तुति दिए भने दोहोरी गायक धम्रेन्द बिश्वकर्मा , देउडा गायक जोगेन्द जाब्लिले स्टेज तताए ।
कार्यक्रमका अथिति रहेका समाजसेवी तथा संस्कृतिप्रेमी तेजेस बि सि , शंकर बि सि र चौकुने दलित महिला बचत समुुह लगाऐरत कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन भएकोमा आयोजक संस्थालाई बधाई पनि दिए । कार्यक्रमको अन्त्यमा "परदेशको ठाँउमा आफ्नो काम काजलाइ थाति राखेर पनि कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनि तथा आमा वुवाहरु लाई धन्यबाद" भन्दै फेरी अर्को बिशेष कार्यक्रममा भेट्ने बाचा पनि गरे आयोजक कमिटीले ।
समाचार भारतबाट चित्र खबर सहकर्मी चन्दु ताम्राकार बाट तयार
0 comments:
Post a Comment