यो मन त मेरो नेपाली हो


 

नेपाल र श्रीलंकाबीचको खेल एक घण्टा पछाडि धकेलियो


काठमाडौं। वर्षा बाधक बनेपछि नेपाल र श्रीलंकाबीचको खेल एक घण्टा पछाडि धकेलिएको छ।बंगलादेशको ढाकामा भारी वर्षा भएपछि यु-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप ९साफ० अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल एक घण्टा  पछाडि धकेलिएको हो। उक्त खेल नेपाली समयअनुसार अब ७ः४५ बजे हुनेछ। त्यसअघि ६ः४५ बजे हुने तालिका थियो।


नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ भने श्रीलंका अन्तिम स्थानमा छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।त्यसैगरी श्रीलंका भने पहिलो जितको लक्ष्यमा छ। श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० ले पराजित भएको थियो।


गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add