यो मन त मेरो नेपाली हो


 

प्रसिद्ध अभिनेत्री सरोजा देवीको निधन


काठमाडौं । पद्म पुरस्कार विजेता अभिनेत्री सरोजा देवीको सोमबार बेंगलुरुमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सरोज देवी ८७ वर्षकी थिइन्।


सरोजा देवीले कन्नड, तमिल, तेलुगु र हिन्दी भाषाका २०० भन्दा बढी चलचित्रहरूमा काम गरिन्।कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले सामाजिक प्लेटफर्म ‘एक्स’ मा लेखेका छन् , “सरोजा देवीको नाम लिने क्षणमा, ‘कित्तूर चेन्नम्मा’, ‘बब्रुवाहन’ र ‘अन्नाथांगी’ जस्ता फिल्महरूमा उहाँको अद्भुत अभिनयको सम्झनाहरू ताजा हुन्छन्।”


“दशकौंसम्म सुसंस्कृत चलचित्रहरू मार्फत दर्शकहरूलाई मनोरञ्जन दिनुभएकी सरोजा देवीको निधन भारतीय चलचित्रको लागि ठूलो क्षति हो।”

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add