काठमाडौं। अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यो चोलो – द ड्रेस’ को नयाँ गीत सार्वजनिक गरिएको छ।
फिल्ममा नाजिरले एक पारलैंगिक महिला (ट्रान्सवुमन) को चुनौतीपूर्ण भूमिका निर्वाह गरेका छन्। यस भूमिकालाई यथार्थपूर्ण बनाउन उनले करिब १६ केजी तौल घटाएका थिए।
समुन्द्र भट्ट निर्देशित यस फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी,उत्तम केसी लगायत कलाकारको अभिनय देख्न पाइनेछ। फिल्मको कथा, पटकथा र संवाद समुन्द्र भट्ट र नाजिर हुसेनको संयुक्त लेखनमा तयार गरिएको हो।
‘दि स्काइ ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ले सहकार्य गरेको छ।
फिल्मका एसोसिएट निर्देशक भद्र भुजेल, निर्माण नियन्त्रणमा पुष्कर लामा, र व्यवस्थापनमा यम ओली रहेका छन्। फिल्मको छायांकन आलोक शुक्लाले गरेका हुन् भने सम्पादन माइकल हेरिङले गरेका छन्। ‘गुन्यो चोलो – द ड्रेस’ आगामी भदौ १३ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।








0 comments:
Post a Comment