यो मन त मेरो नेपाली हो


‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक

काठमाडौं। चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले सपना, संघर्ष, प्रेम र धोका वरिपरि घुम्ने कथा प्रस्तुत गर्छ।

कोरिया जान सपना देखेका विजय बरालको यात्राबाट सुरु हुने टिजरमा, विवाह, बुवासँगको द्वन्द्व, र काठमाडौंमै गाउँलेबाट हुने ठगीका दृश्य देखिन्छन्। सहजै गन्तव्यमा पुग्न नसक्ने र सपना गन्तव्यहीन बन्ने अवस्थालाई टिजरले उजागर गरेको छ।

चलचित्रमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई,भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ। निर्देशन हिमाल न्यौपानेको रहेको चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउनेछ। चलचित्रको असोसियट निर्देशकमा मनिष राउत छन् ।


निर्माता कमल र विमल न्यौपाने रहेको फिल्मको कथा भानुभक्त ढकालले लेखेका हुन्। संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको छ भने डीओपी नवीन गुरुङको हो। 


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add