यो मन त मेरो नेपाली हो


सुम्निमा' को जोडी बन्दै कुन्साङ ‎मिलनले जुराए सुम्निमा जोडी

काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,'बबी' ’गोर्खा वारियर’,'अञ्जिला',जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको चलचित्र 'सुम्निमा' मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा हो र यो चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रुपमा आफुले दिलो ज्यानले मेहनत गरेर आफुलाई प्रमाणित गर्ने बताए। 'सुम्निमा' ले बमजनको करियरमा इट्टा थप्ने आशा गर्न सकिन्छ।

गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र बिसूद्द प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए। चलचित्रको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भई सकेकी छन्। चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ ।

‎राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ । चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर ब्यापार गरेको छ। बायोपिक चलचित्रमा सबै भन्दा बढी व्यापार गर्ने रेकर्ड पनि 'अन्जिला' ले बनाएको छ।






गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add