यो मन त मेरो नेपाली हो


जदौ’ प्रभापपाल ठकुरी हिरो


काठमाडौं,२९ असार ।

अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । पछिल्लो समयका ब्यस्त तथा चर्चित मोडल,अभिनेता प्रभातपाललाई ‘जदौ’ मा अभिनेत्री नीति शाहको जोडीका रुपमा देख्न पाइने छ । निर्देशक सार्वजनीक नगरिएको फिल्मको लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन् ।


कलाकारको लाइनअप बलियो देखिएको ‘जदौ’ मा प्रभापपल अघिनै मुकुन भुसाल,नीति शाह,ऋचा शर्मा र बिनोद न्यौपाने अनुबन्धित् भइसकेका छन् । सिनीयर कलाकारहरुसँग स्क्रिन शेयर गर्न पाउदा आफू निकै पुलकित भएको र यसका लागि बिशेष तयारीमा जुटिसकेको प्रभातपालले बताएका छन् ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमीत्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिएकी छिन् ।

बाबुल गिरीको संगीत अनि श्याम तामाङको छायांकन रहने फिल्म दाङ तथा प्युठानका बिभिन्न स्थानमा खिचिनेछ । केही दिनमै प्रेसमिटमार्फत फिल्मबारे बिस्तृत जानकारी दिने तयारी निर्माण टिमले गरेको छ ।   

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add