नेपाली सांगीतिक आकाशमा धेरै गीतहरु छन , तर ति मध्ये केहि मात्र सफल छन र चर्चित । तर गीत असफल भएपनि बनिन छोडेको भने छैन । नेपालको बार्षिक तथ्यांक हेर्ने हो भने करिब ६०० को हाराहारीमा नयाँ गीत निर्माण हुने गर्दछ । तर ब्यबसायिक सफलता र चर्चा भने सय भन्दा कमको मात्र आउने गर्दछ ।
नेपाल संगैको छिमेकी राष्ट्र भारतमा पनि नेपाली गीत संगीत उत्पादन र भिडियो निर्माण हुनेगर्दछ त्यहाँ निर्माण भएका गीत संगीत भने सुन्दा पनि आनन्द आउछ । यस्तै हालै मात्र सुदुरपस्चिमेली देउडा गीत भारतको मुम्बईबाट निर्माण भएको छ ।"मन दुख्छ कुटु कुटु " बोलको देउडा गीतले दुख लाई दर्शाएको छ । हर्क बिबस खनालको शब्दसंगीत रहेको यस गीतमा आवाज भने मनोज बमको रहेको छ ।
भारतमा नै छायांकन गरिएको यस गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । आर एस फिल्म्स मुम्बईको ब्यानरमा हरिश बिस्वकर्मा द्वारा निर्देशित यस गीतमा राजकुमार खडका र कुसुम सिंहलाई फिचर्ड गरिएको छ र गीतलाई म्युजिक टि भी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
निर्देशक हरिश बिस्वकर्मा भारतको मुम्बैमा रहेर नेपाली कला संस्कृतिको संरक्षण र सम्बर्धनमा लागि पर्ने कलाकार हुन् । उनले दर्जनौ म्युजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । यो गीत सुन्दा मलाई खेल्न भन्दा नि निर्देशन गर्न मन लाग्यो ,मार्मिक गीत छ कथामा बाध्न पाए मा सफल हुने थिए भन्दै मैले यो गीतको निर्देशन गरेको हुँ " बिस्वकर्मा भन्नु भयो । गीतको भिडियो राम्रो बन्यो म खुसि छु " उनले भने ।
यस गीतलाई सोनु बि केले खिचेका हुन र सम्पादन पनि बिके कै रहेको छ । मुम्बैमा दर्जनौ म्युजिक भिडियो खिचिसकेका बि के भिडियो खिच्न र सम्पादनको लागी चर्चित पनि छन् ।
चित्रखबर डट कमका लागी मुम्बई संबददाता चन्दु ताम्राकार संग कुरा गर्दै यस गीतको निर्माणको लागी महत्वपूर्ण भूमिका खेल्ने कलाप्रेमी तथा समाजसेवी भुपेन बुडाले भन्नु भयो "हामीले हाम्रो कला र भाषा बिर्सन हुन्न त्यसैले मैले आफुले सक्ने सक्द्यो सहयोग गरेको हुँ " उनले भन्नु भयो । भुपेन नेपाली कला संस्कृतीको जगेर्नाको लागी भातमा बिभिन्न कार्यक्रमहरुको आयोजना पनि गर्नुहुन्छ । भारतमा रहेका नेपालीहरुलाई बिभिन्न चाडबाडमा राष्ट्रीय स्तरका कलाकारहरुलाई भारतमा लागि कार्यक्रम गर्ने आयोजकहरु मध्य सफल र सालिन आयोजक मानिन्छन ।








0 comments:
Post a Comment