यो मन त मेरो नेपाली हो


चलचित्र ´ जहाजैमा ` मा वर्षा शिवाकोटी अनुबन्ध

काठमाडौं । निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।


अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण फिल्ममा काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन्।


यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।


फिल्मको कथा अभिमन्यू निरवीले लेखेका छन् भने छायांकन निर्देशन (डीओपी) पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्। उज्ज्वल गुरागाईंको निर्माण रहने फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण गरिनेछ।


केपी फिल्म्सको सहकार्यमा बन्ने यो फिल्मको छायांकन आउँदो भदौ महिनाबाट जापानमा सुरु गरिनेछ। नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने फिल्मको प्रि-प्रोडक्सन तीव्र गतिमा भइरहेको छ।


साथै, निर्माण पक्षले छायांकन सुरु हुन दुई महिना अघिनै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। आर.आर फिल्म्ससँग सहकार्य गर्दै आउँदो फागुन १ गतेदेखि फिल्म देशभर प्रदर्शनमा ल्याइने बताइएको छ। फिल्मको वितरण आर.आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add