यो मन त मेरो नेपाली हो


पुर्बेली दर्शकको मन जित्त्दै चलचित्र "यो मन त मेरो नेपाली हो "

 शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकले मन पराएका छन् । सिनेमा हेरेर निस्किएका दर्शकले सिनेमाको खुलेरै तारिफ गरेका छन् । सिनेमाले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रबर्द्धन गर्ने प्रयास प्रशंसनीय काम गरेको भन्दै युवा पुस्ताले हेर्ने पर्ने सिनेमा बनेको प्रतिक्रिया दिएका छन् ।

दर्शक भेट्न सिनेमाका कलाकारहरु रोशन श्रेष्ठ, बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पुर्वको बिभिन्न हलमा पुगेका छन् । दमकमा सिनेमा हेर्ने दर्शक बढे सगै प्रतिक्रिया लिन सिने युनिट पुर्व पुगेको हो । आइताबार बेलुका दमकको डी म्याक्स हलमा कलाकार पुग्दा हलमा हाउसफुल दर्शक थिए । सिनेमा हेरेर निस्किएका दर्शकले साचिकै मन छुने सिनेमा बनेको भन्दै सिनेमा हेर्दा धेरै ठाउँमा आसु खसेको बताउनु भयो । निर्देशन मित्र प्रधानले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आउँदा आफुलाई हौसला मिलेको बताउनु भयो ।


सिनेमामा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छन्। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो सिनेमाका निर्माता ज्ञानबहादुर प्रधान रोशन  हुन्  । मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add