काठमाडौँ । ‘यो मन त मेरो नेपाली हो’ यही २७ असारदेखि प्रदर्शनमा आउने फिल्म हो । फिल्मको शीर्ष गीत भने भर्खर छायाङ्कन गरिएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्मको टाइटल गीत सोमबार जरसिंह पौवास्थित साँगा चोकमा छायाङ्कन गरिएको छ । विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको स्वर रहेको गीतले फिल्मको कथावस्तु दर्साउँछ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानलगायतको अभिनय छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति नेपालको राष्ट्रिय झन्डाको प्रयोग गरिएको छ । सम्भवत यो पहिलो रेकर्ड हो नेपालको यति धेरै झण्डा राखेर डाँडामा फ़हराईएको ।
फिल्मको केही दिन अघि अमेरिकाको ओहायो र पेन्सिलभेनिया राज्यमा विशेष प्रदर्शन गरिएको थियो । पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन् । शिवम् अधिकारीको पटकथा रहेको फिल्म मित्र प्रधान (नर)ले निर्देशन गरेका हुन् ।
0 comments:
Post a Comment