आफ्नो फोन नम्बर दुरुपयोग गरिएको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। श्रेष्ठका अनुसार अनमोल केसी अभिनीत फिल्म फर्की फर्की मा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको छ, जसका कारण आफूलाई मानसिक र शारीरिकरूपमा क्षति पुगेको भन्दै उनले सोमबार वारेसमार्फत रिट दायर गरेका हुन्।
श्रेष्ठले रिटमा उल्लेख गरेअनुसार, उक्त मोबाइल नम्बर एमएसएम ओटीटी प्लेटफर्मबाट हटाउन पटक–पटक अनुरोध गर्दा पनि नसुनेपछि आफू कानुनी बाटोमा जान बाध्य भएको बताएका छन्।उनले यस कारण आफूले भोग्नुपरेको हानि–नोक्सानीका लागि उचित क्षतिपूर्तिको माग गरेका छन्।
उक्त रिटमा अभिनेता केसीसँगै फिल्मका निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, चलचित्र जाँच समिति लगायतलाई विपक्षी बनाइएको छ।श्रेष्ठले यसबारे चलचित्र नियामक निकायलाई पटकपटक पत्रमार्फत जानकारी गराएको तर कुनै सुनुवाइ नभएपछि मात्र अदालत पुगेको उल्लेख गरेका छन्।
0 comments:
Post a Comment