यो मन त मेरो नेपाली हो


 

लालीबजारमा स्वस्तिमाको यस्तो लुक्स

काठमाडौँ । ‘जात्रा’ शृङ्खलाको निर्माण ब्यानर षट्कोण आर्टसले निर्माणमा बन्न लागेको ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता फिल्म निर्माण गरेको षट्कोणले ‘लालीबजार’का लागि खड्का फाइनल भएको जनाएको हो । 

निर्माण युनिटले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फागुन १ गते घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का गर्भवतीको रूपमा देखिएकी छन् । उनको शृङ्गार र हाउभाउले फरक कथा चित्रण गर्ने बुझिन्छ । 

यम थापाको लेखन तथा निर्देशन रहने ‘लालीबजार’लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्न लागेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् । अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमका कारण आफू नयाँ र फरक रूपमा प्रस्तुत हुन तयार भएको बताइन् । 

 

उनले भनिन्, ‘दर्शकले मेरा अघिल्ला फिल्मभन्दा यसमा भिन्न देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’ 

 

फिल्मका अन्य कलाकार र विषयवस्तुका केही समयपछि जानकारी दिने निर्माण पक्षले बताएको छ । 


 आगामी दसैँलगत्तै छायाङ्कन गरिने ‘लालीबजार’ षट्कोण आर्टस् एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायत फिल्ममा अन्य ब्यानरसँग उसले सहकार्य गरेको थियो । 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add