यो मन त मेरो नेपाली हो


 

‘किन लाग्छ माया’ मा धिरेन शाक्य संग देखिंदै मेग सुबेदी

काठमाडौँ । एसएण्डएस प्रोडक्सनको ब्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशन रहने फिल्मको छायाङ्कन असारको पहिलो साताबाट सुरु हुने बताइएको छ । 
फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पविको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउँवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । अमेरकामा रहेर पनि नेपाली कलाकारीता लाई मायाँ गर्दै आउनु भएको सुबेदीले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ । कलाकारिता र समाज सेवामा निकै राम्रो नाम बनाएका सुबेदीले पूर्वको बिभिन्न ठाउँहरुमा शिक्षा र स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा सहयोग पनि गर्दै आईरहनु भएको छ । अमेरिका बस्ने सुबेदी हाल चलचित्रको छायांकनको लागी केहि महिनाको लागी नेपाल मै बस्ने उनको भनाई रहेको छ । " म अभिनय संगै नेपालको केहि ठाउँमा सहयोग लिएर पुग्ने योजनामा नि छु " उनले भने । 

 स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको  पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाङ्कन, पुष्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।

यसैगरी फिल्मको छायाङ्कन काठमाडौँ, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । फिल्मले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्ने निर्माण पक्षको भनाइ छ । 



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add