यो मन त मेरो नेपाली हो


 

देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्य : वनमन्त्री ठकुरी

काठमाडौं। कर्णबाघ  प्रोडक्सनको पहिलो प्रस्तुति 'अन्त नसरे' बोलको गीतलाइ सार्वजनिक गरिएको छ । बुधबार  राजधानीमा आयोजित एक  समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको   कार्यक्रममा सांसदहरु ज्ञानेन्द्र बहादुर शाही,कान्तिका सेजुवाल , दयाल बहादुर शाही लगायत पुर्वमन्त्री मोहन बानियाँ, एमालेका नेता गोरख बहादुर बोगटी,शान्तिलाल महत लगायत कर्णाली प्रदेशका बुद्धिजीवी ,पत्रकार लगायतको बाक्लो  उपस्थिति थियो ।



 दीपक शर्माको शब्द,संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको युगल स्वरमा तयार पारिएको छ गीतलाइ नरेन्द्र वियोगीले  एरेन्ज गरेका हुन् ।

कार्यक्रममा गीतको म्युजिक भिडियोको प्रदर्शन गर्नुको साथै प्रमुख अतिथी मन्त्री शाहीले कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको बताउदै सबै राजनीतिक दल र  जनप्रतिनिधिहरू कर्णालीको विकासको लागि एकमतका साथ अगाडि बढिरहेको दाबी गरे । भने अन्य

 बक्ताहरुले कर्णालीको बिकासमा कला सस्कृतिको महत्वपुर्ण भूमिका रहेको बताएका थिए ।

विनोद शाही र दीपा शाहीको अभिनय रहेको गीतको म्युजिक भिडियोमा भुपेन्द्र थापामगरको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । विनोद शाहीले नै निर्देशन भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानल मार्पत सार्वजनिक गरिएको हो । 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add