यो मन त मेरो नेपाली हो


सावधान ‘संगीतको लाइसेन्स’लिनु भयो आफ्नो साधनको लागि



दक्षिणकाली नाकामा ‘संगीतको लाइसेन्स’ चेकजाँच, जगातीमा २ हजार सवारीसाधनलाई नसिहत

 काठमाडौं । आइतबारदेखि काठमाडौंको दक्षिणकाली नाका हुँदै बाहिरिने सार्वजनिक यातायातका साधनमा पनि संगीत बजाउन आवश्यक अनुमतिपत्र (लाइसेन्स)को चेकजाँच सुरु भएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जनपद र ट्राफिक प्रहरी, संगीत रोयल्टी समाजले चेकजाँच थालेका हुन् । आइतबारदेखि बिहानैदेखि जाँच सुरु गरिएको समाजका महासचिव बद्री पाण्डेले जानकारी दिए ।

 समाजका प्रतिनिधि बिहानैदेखि संगीत लाइसेन्सको चेकजाँचमा खटिएका छन् । ट्राफिक प्रहरीले पनि यसमा सघाइरहेको छ । ‘हामीले लाइसेन्स लिएका गाडीमा हरियो स्टिकर टाँसेका छौं । नभएका सार्वजनिक यातायातका साधनलाई केही दिनभित्रै लाइसेन्स लिन रसिद थमाएका छौं’, पाण्डेले भने ।

 समाजले तिहारमा जगाती नाकामा पनि चेकजाँच गरेको थियो । जगाती नाकामा दुई हजारभन्दा धेरै सवारी साधनलाई रोयल्टी तिरेर लाइसेन्स लिन नसिहत दिइएको समाजले जनाएको छ । केही दिनमा थानकोट नाकामा पनि चेकजाँच हुने समाजले जनाएको छ । 
समाजले दशैंलगत्तै अनामनगर क्षेत्रका विद्यालय र रेस्टुरेन्टमा समेत स्टिकर टाँसेको थियो । यसै वर्षभित्र देशभर रोयल्टी संकलन अभियानलाई पुर्‍याउने समाजको योजना छ । ‘सार्वजनिक स्थललाई कानुनअनुसार रोयल्टीको दायरामा ल्याउने र सर्जकको अधिकारलाई संरक्षण गर्ने हाम्रो उद्देश्य हो’, पाण्डेले भने । रोयल्टी नतिरी सार्वजनिक प्रयोग गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ ले तोकेको कसुरको मात्राअनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । 

 दोस्रो पटकदेखि पटकैपिच्छे २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । गलत कार्यमा प्रयोग भएका सामग्री जफत गर्ने एवं नोक्सानी बापतको क्षतिपूर्ति भराउने समेत कानुनी व्यवस्था छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add