"बिहान ४:४५ देखि राति ११:५५ सम्म सो "
कात्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाल तथा बिदेशमा हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ ।चलचित्रले प्रदर्शनमा नबौ दिन शुक्रबारसम्म देशव्यापी १४ करोडको हाराहारीमा ग्रस कमाइ गरेको छ ।
आज शनिबार देशभर ४०० भन्दा बढी शो संख्यामा पाएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले आज मात्रै ३ करोड माथिको कलेक्सन गर्ने देखिएको छ ।यो गति कायम रहे फिल्मले अहिलेका सबै कीर्तिमान तोड्न सक्ने अनुमान वितरकहरुको छ ।
चलचित्रको व्यापार बढेसँगै फिल्म आज देशभरी शो संख्यामा उच्च वृद्धि भएको हो ।पछिलो समय नेपाली फिल्म हेर्ने दर्शक बढेसगै आज चितवनको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति हलमा दर्शको उपस्थिति बाक्लो हुन् थालेको छ । पुर्बी चितवनमा एक मात्र र सुबिधा सम्पन्न यस चलचित्र हलमा टिकट क्षेमता ३ सय ९ सिटको रहेको छ।
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न आउने दर्शकले टिकट नपाएको गुनासो गरे सगै सिंगल पर्दामा रहेको म्याङ्गो जनज्योति हलले दैनिक ६ सो चलचित्र प्रदर्शन गर्दै आइरहेको थियो भने सम्पूर्ण सो हाउसफुल भएका थिए । आज शनिबार यस चलचित्र भवनमा ‘पूर्णबहादुरको सारङ्गी’को ८ सो रखिएको छ । सिंगल पर्दामा ८ सो राखिएको यो नै आफैमा रेकर्ड बनेको छ । बिहान ४:४५ मा पहिलो सो दोस्रो बिहान ६:३० ,तेस्रो बिहान १०:१५ र चौथो सो दिउसो १ बजे राखिएको छ ।त्यस्तै दिउसो ३ :४५ मा पाचौ सो ,साझा ६ :३० मा छैटौ सो ,राती ९ :१५ मा सातौ सो र राती ११:५५ आठौ सो रखिएको छ। बिहान ४:४५ को सोमा केहि दर्शक हेर्न आए पनि त्यस पछिका सम्पूर्ण सो भने हाउसफुल भईसकेका छन् ।चलचित्र हलका संचालक शिव उप्रेतीले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न मानवसागर नै उर्लेको र दैनिक टिकट नपाएर फर्किने संख्या हजारौ रहेको बताए ।
सरोज पौडेल निर्देशित यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।










0 comments:
Post a Comment