यो मन त मेरो नेपाली हो


‘ह्रस्व दीर्घ’ले शुक्रबार र शनिबार देशब्यापी २ करोडको ब्यापार गर्यो । चलचित्रको प्रचारकोलागी नेपाल आए प्रदीप रावत र कल्याणी

प्रदीप रावत र कल्याणी आईपुगे नेपाल , सोमबारदेखि ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्ने 


 काठमाडौं । भारतीय अभिनेता प्रदीप रावत र साउथ अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनको लागि आइतबार बेलुका नेपाल आइपुगेका छन् । नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनीहरुलाई फिल्म युनिटले स्वागत गरे । विमानस्थलमा मिडियासँग कुरा गर्दै रावतले आफू अभिनित फिल्मले नेपालमा राम्रो पर्फमेन्स गरेको कुरामा आफू खुसी भएको बताए । विमानस्थलबाट उनीहरु कमलपोखरीस्थित बिग मूभिज पुगेका छन्, जहाँ ‘ह्रस्व दीर्घ’ हेरिरहेका दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम छ । उनीहरु चारदिन काठमाडौंमा रहनेछन् । 

काठमाडौं बसाइमा पत्रकार सम्मेलन, मिडिया इन्टरभ्यूदेखि हल भिजिटसम्मका कार्यक्रममा प्रदीप र कल्याणी सहभागि हुने जनाइएको छ । शुक्रबारदेखि प्रदर्शन सुरु भएको यो फिल्ममा रावतले नीताको बुवाको चरित्रमा अभिनय गरेका छन् । जहाँ उनलाई एक धर्मगुरुको रोलमा देख्न पाइन्छ । कल्याणी पनि साउथ अभिनेत्री हुन् । उनले चर्चिन कन्नाडा फिल्महरुमा अभिनय गरेकी छन् । सन् २०११ को ‘सुसाइड’, सन् २०१२ को ‘ड्रामा’, सन् २०१३ को ‘जयमान्ना मागा’ लगायतका उनका हिट फिल्म हुन् । उनी विशेषगरि चरित्र अभिनेत्रीको रुपमा ती फिल्ममा देखिने गरेकी छन् ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add