यो मन त मेरो नेपाली हो


सलोनले सुरु गरे ‘रंगी’को छायांकन

 काठमाडौं : सान्भी इन्टरटेनमेन्ट प्रा.लिको व्यानरमा निर्माण हुने सिनेमा ‘रंगी’ सुटिङ्ग सुरु भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने सिनेमाको मङ्गलबारबाट सुटिङ सुरु भएको हो ।


सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । सिनेमाको सुटिङ्ग अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ ।सक्षम सुवेदीको निर्माण रहने सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add