यो मन त मेरो नेपाली हो


एक्सन, रोमान्स र थ्रिलर समेटिएको ‘देववाणी’को टिजर

 काठमाडौं : आगामी मंसिर ७ गतेबाट रिलिज हुने सिनेमा ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । निर्देशक बाबु साहेब बलामी निर्देशित सिनेमाको टिजर मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

टिजरमा सिनेमाका नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ । टिजरमा एक्सन, रोमान्स र थ्रिलर समेटिएको छ ।टिजरमा सिनेमाका कुन्दनसँगै नायिका अनुजा लेप्चा, कलाकार सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देखाइएको छ ।


मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलको अभिनय छ ।सिनेमामा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । सिनेमाको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । सिनेमा नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौं तथा भारतमा छायांकन गरिएको सिनेमामा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, टिजर र ट्रेलर प्रविण ढकालको कलर, सत्यम रानाको भीएफएक्स, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add