काठमाडौं : यही कात्तिक १५ गते लक्ष्मी पूजाको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को बुधबार नयाँ ‘दोहोरी ब्याटल’ गीत ‘रैया चाँदीको’ सार्वजनिक गरिएको छ ।आशिष अविरल र मेलिना राइको स्वर समावेश रहेको गीतमा नवराज पन्तको शब्द रचना र आशिष स्वयंको संगीत रहेको छ । यो गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली फिचर्ड छन् ।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो सिनेमाको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल हुन् । गन्धर्व समुदायको जीवन र सामाजिक कथावस्तुमा निर्माण गरिएको सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।सरोज पौडेलको कथा तथा निर्देशन रहेको सिनेमामा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।








0 comments:
Post a Comment