पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्। पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सुपरस्टार प्रदिप खड्का, अभिनेत्री आना शर्मा, र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ। एक पोस्टरमा प्रदिप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदिपसँग प्रेमभावमा प्रस्तुत गरिएको छ। यी पोस्टरहरूबाट सिनेमामा त्रिकोणात्मक प्रेमकथाको संकेत पाइन्छ।
राजन भुसालले निर्देशन गरेको यो सिनेमामा प्रदिप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ। ‘एक्टर: टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्।










0 comments:
Post a Comment