यो मन त मेरो नेपाली हो


‘१२ गाउँ’को दोस्रो गीतमा समीर र सोनुको रोमान्स

‘१२ गाउँ’को दोस्रो गीतमा समीर र सोनुको रोमान्स काठमाडौं । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको रहेको ‘१२ गाउँ’को दोस्रो गीत ‘कसो कसो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा निरज सिंहको संगीत तथा सुवास चन्द्र ढुंगेलको शब्द रचना र सुगम पोखरेल अनि सदिक्षा कट्टेलको स्वर रहेको छ । 


 सौरव लोखन्डेको संगीत प्रोडक्सन तथा एरेञ्ज रहेको गीतमा निरज सिंह र रेवन आरती सिंहको संगीत सुपरभाइजर र साउण्ड डिजाइन रहेको छ । सिनेमाको गीतमा सिनेमाका मुख्य अभिनेता तथा विराजका छोरा समीर भट्ट र सोनु चन्द्रपाल फिचर्ड छन् । रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा समीर र सोनुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो सिनेमाबाट समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । 


सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ । 

 विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । 
सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । महेश पौडेलले छायांकन गरेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add