यो मन त मेरो नेपाली हो

मनिषा कोइरालाको ‘महामृत्युंजय मंत्र’ सार्वजनिक

काठमाडौँ। बलिउड अभिनेत्री तथा लेखक मनिषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युंजय मंत्र’ सार्वजनिक गरेकी छन् ।महामृत्युंजयमा मनिषासँगै सुरेन्द्र श्रेष्ठ (सुर-सुधा) र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा संस्कृत शब्द छन् ।


यो महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन् । राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र बिकास सिंहको गितार हामीले महामृत्युंजयमा सुन्न सक्छौँ ।मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जानकारी दिइन । ‘यसलाई पश्चिमी र पूर्वी संगीतमा एरेञ्ज गरेका हौँ ।’ मनिषाले भनिन ।

टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् । भने, उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन् । दीप तुलाधरले रेकर्ड गरेको यस मन्त्रको भिडियो श्री पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add