यो मन त मेरो नेपाली हो

‘गणपति’को छायांकन सकियो /


माघ ८ गतेबाट सुटिंग सुरु भएको चलचित्र ‘गणपति’को छायांकन सकिएको छ । सविन अधिकारीले चलचित्रको निर्देशन गरेका हुन् ।चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दिपुर गाउँपालिका थारुबासमा गरिएको छ ।निर्माणपक्षले डेढ महिनामा चलचित्रको छायांकन सकेको हो । चलचित्रको छायांकन सकेर यसको निर्माण टिम पोष्ट प्रोडक्शनमा व्यस्त छ ।

चलचित्रमा नायक मुकुन भुषाल, नायिका मेनुका प्रधानको साथमा कलाकार सूर्यमाला खनाल, जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतको अभिनय छ । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै लेखेका हुने ।लक्ष्मण थापा, विज्ञान केसी, अरविन्द्र गिरीको लगानीमा बनेको चलचित्रले भगवान र मानिसविचको फरक देखाउने निर्माणपक्षले बताएको छ । चलचित्रमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add