काठमाडौँ। मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको कथा पैसा, सत्ता र शक्तिको चलखेलमा आधारित रहेको बुझ्न सकिन्छ ।
‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।
चलचित्रको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट मिस्टर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत छ । ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुनेछ ।
चलचित्रमा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेको सिनेमामा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह–निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।
चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । चलचित्र नयाँ बर्षको अवसरमा चैत्र २७ गते बाट सार्वजनिक प्रदर्शनमा आउने छ।








Caesars Entertainment to Acquire The Casino Floor at Wynn in Las
ReplyDeleteCaesars Entertainment, Inc. (CZR) announced that 경상북도 출장마사지 it 성남 출장안마 has entered into an agreement to acquire the casino floor at 김천 출장안마 Wynn Las 논산 출장마사지 Vegas. 통영 출장마사지