यो मन त मेरो नेपाली हो


मनिषा लगाएत दर्जन सेलिब्रेटीले गरे ‘अनानिक ब्युटी सलोन’ को ओपनिङ्ग

अनानिक ब्युटी सलोन एंड स्पा’ को पाँचौ ब्रान्चको ओपनिङ्ग बौद्धमा गरिएको छ। सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले नेपालमा पाच वटा ब्रान्च खोलेको छ। बौद्ध ब्रान्चको ओपनिङ्ग अभिनेत्री मनिषा कोईराला सहित दर्जन बढी सेलिब्रेटीले रिवन काटेर उद्घाटन गरेका हुन्।

 बिहिबार एक कार्यक्रमको आयोजना गर्दै गरिएको ओपनिङ्गमा प्रतिनिधि सभा सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दिपकराज गिरी, कलाकार तथा निर्देशक दिपाश्री निरौला, गायिका समृद्धि राई, अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठ लगायतका दर्जन बढी सेलिब्रेटीले रिवन काटेर अनानिकको पाँचौ ब्रान्चको ओपनिङ्ग गरेका छन्।

अभिनेत्री मनिषा कोइरालाले अनानिक टिमलाई बधाई र सफलताको शुभकामना दिएकी छिन्। अभिनेत्री स्वस्तिमा खड्का भन्छिन् , ‘ सुरविन र उहाको टिमलाई धेरै शुभकामना । उहा र उहाको टिमको मिहेनत नै उहाहरुको सफलताको पहिलो सुत्र हो। ‘निर्देशक दिपाश्री निरौलाले सफलताको शुभकामना दिदै सुरविन र उनको मिहेनतको तारिफ गरेकी छिन्। दिपा भन्छिन्, ‘सुरवीन र उहाको टिमको सेवा र यहाको हस्पिटालिटिले सधै आउनलाई आकर्षित गर्छ। ‘कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले एक उर्जावान युवाले सौन्दर्य व्यवसायमा प्राप्त गरेको यो सफलता निकै तारिफयोग्य रहेको बताईन्। कार्यक्रममा बोल्दै अनानिकका सन्चालक सुरवीन राईले सवैको साथ र हौसलाले आफुले यो सफलता हासिल गरेको बताए।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add