यो मन त मेरो नेपाली हो


चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा रिक्त सदस्य नियुक्त

काठमाडौँ। संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई, कलाकार राज कटुवाल नियुक्त भएका छन् ।


यस्तै, चलचित्र सेन्सर बोर्डको सदस्यमा सन्तोषकुमार थापा र मिनाक्षी कोइराला नियुक्त भएका छन् । सन्तोष रंग पत्रकारितामा सक्रिय छन् भने मिनाक्षीले म्यूजिक भिडियो निर्देशन समेत गरेकी छिन् ।


नियुक्त भएका पाँचै जना सदस्यहरुको कार्यकाल २ बर्षको हुनेछ । संचारमन्त्री पार्वत गुरुङले विकृती र विसंगतीरहित चलचित्र क्षेत्र बनाउन भूमिका खेल्न सबैसँग आग्रह गरे । उक्त समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि उपस्थित थिए । चलचित्र विकास बोर्डको अध्यक्ष र सदस्य तथा चलचित्र सेन्सर बोर्डको सदस्य पदमा राजनीतिक नियुक्त हुने गर्दछ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add