यो मन त मेरो नेपाली हो

गायिका सुनिता तिमल्सिनाको "ए कान्छा ...." सार्वजनिक / भिडियोमा सुनिता र कक्रोज

 गायिका सुनिता तिमल्सिनाको "ए कान्छा ...." सार्वजनिक भएको छ । नेपाली सांगीतिक आकाशमा छुट्टै नाम बनाउंदै आउनुभएको गायिका सुनिता तिमल्सिनाको सार्वजनिक यस गीतले पनि चर्चा पाउनेमा गायिका तिमलसिना ढुक्क छिन । संगीत क्षेत्रमा आफ्नो योग्दान र लगातारको अभ्यासमा अघि बढ्दै  पुर्ब धारान देखि काठमाण्डौ झरेकी गायिका  सुनिता तिमलसिना गायकी जस्तै अभिनयमा नि उत्तिकै माहिर हुनुहुन्छ । 

यो मेरो सांगीतिक पाईलाले जस्तो सफलता लिए पनि म अझै निरन्तर संगीत क्षेत्रमा नै रहने छु , मैले जानेको बुझेको नै सांगितक आकाश हो " गायिका सुनिता तिमल्सिना ।उनि भन्छिन संगीत जति सिक्यो , जति गायो त्यति डुब्ने कुरा हो म अझै डुब्न चाहान्छु । 

 गायिका सुनिता तिमल्सिनाको सार्वजनिक भएको यस गीतमा उनको आवाज संगै अभिनय पनि हेर्न सकिन्छ अभिनयमा उनलाई सक्किगोनी टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौलाले साथ् दिएका छन् । यस भिडियोमा  हरिश निरौला (कक्रोज ) फरक भूमिकामा देखिएका छन । 

नरेश भट्टराईको शब्दमा बद्री सेवाले संगीत  गरेको यस गीतलाई रोमान्टिक नम्बरमा बनाईएको छ । निर्देशक सुमन सागर जंग केसीले निदेशन गरेको यस गीतमा कोरियोग्राफी भने रोशन बिकले गरेका छन । गीतलाई गायिका सुनिता तिमल्सिनाको आफै युटुब च्यानल सुनिता तिमल्सिना बाट सार्वजनिक गरिएको छ ।  

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add